गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता

32

काठमाडाैँ, २७ असाेज । गरिमा विकास बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड बडा दसैँलाई लक्षित गरी  आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रूपैयाँ फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० रूपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्ने हेतुले सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोजदेखि ७ कात्तिकसम्म रहने छ ।

साथै, बैंकले आफ्ना ग्राहकहरुको दसैँको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत् सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...