हतियार देखाई लुटपाट गर्ने ३ जना पक्राउ

26

काठमाडौँ, २७ असोज । हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका–१५ घर भइ काठमाडौँ काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–२ घर भइ काठमाडौँ गोकर्णेश्वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् ।

काठमाडौँ बौद्ध एरियामा विभिन्न व्यक्तिहरूलाई हतियार देखाइ डलर तथा सुन लुटपाट गर्ने हतियारधारी समूह रहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरूले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित फायर गर्न लाग्दा प्रहरीको जबाफी कारबाहीमा एक जनालाई खुट्टामा गोली लाग्न गई घाइते भएको र अन्य २ जनालाई भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।

साथै मेड इन युएसए लेखेको पेस्तोल १ थान, सोको गोली ७ राउन्ड, ताला काट्न प्रयोग हुने फलामको कैची १ थान तथा बा८८प ४०३१ नम्बर र बा८९प २३१७ नम्बरका २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...