प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खलिफाले गुमाइन् जागिर

44

काठमाडौँ, २४ असोज । इजरायल र हमास द्वन्द्वको बीचमा प्यालेस्टाइनलाई समर्थन गरेपछि पोर्नस्टार मिया खलिफाले आफ्नो जागिर गुमाएकी छन् ।

केही समयअघि क्यानडाली प्रसारक तथा रेडियो होस्ट टोड शपिरोसँगको मियाको व्यापारिक सम्झौता भएको थियो । तर, प्यालेस्टाइनलाई समर्थन गरेपछि खलिफाले सो सम्झौताबाट बर्खास्त गरिएको छ ।

खलिफासँग सहकार्य गर्न लागेको शपिरोले उनको ट्विट देख्नासाथ तत्काल बर्खास्त गरेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, “यो वास्तवमै डरलाग्दो ट्विट हो मिया खलिफा । धृणित ट्विट । साँच्चै भन्नुपर्दा घृणितभन्दा बाहिर । आफूलाई तुरून्तै प्रभावकारी बनाउन सिक्नुस् । सोचलाई केही माथि उठाउनुहोस् र आफूलाई एउटा राम्रो मानव बनाउनुहोस् । तपाईंले मृत्यु, बलात्कार, कुटपिट र बन्धक बनाउने कुरालाई सहज रूपमा लिनुभएको छ । त्यस्ता कार्यलाई माफ गरिदिनुभएको छ । कुनै पनि शब्दले तपाईंको अज्ञानतालाई व्याख्या गर्न सक्दैन । म तपाईं राम्रो व्यक्ति बन्नका लागि प्रार्थना गर्दछु । यद्यपि, यो तपाईंको लागि धेरै ढिलो भएको जस्तो देखिन्छ ।”

प्यालेस्टाइनको समर्थन मियालाई महँगो परेको छ । ३० वर्षीया खलिफा यतिबेला आफ्नो ट्विटकै कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् ।

उनले हमासको आक्रमणलगत्तै ट्विटरमार्फत् प्यालेस्टाइनको समर्थन गरेकी थिइन् । “यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहन्न भने तपाईं विभेद गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउने छ,” उनले लेखेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...