हमासको आक्रमणमा १० नेपालीको मृत्यु [सूचीसहित]

34

काठमाडौँ, २१ असोज । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको पुष्टी गरेकी हुन् ।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो ।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...