अफगानिस्तानमा भूकम्पमा परी २ हजार बढीको मृत्यु

22

काठमाडौँ, २१ असोज । अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।

भूकम्पमा परी घाइते हुनेको संख्या ९ हजार पुगेको प्रहरीले जनाएको छ ।

अफगानिस्तानको पश्चिमी भू–भागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात सहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५, ४.७ र ६.२ म्याग्निच्युडको ३ वटा ठुला पराकम्पन गएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...