सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

33

तनहुँ, २१ असोज । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

राजमार्ग अवरूद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...