नेपाल वायुसेवाको जहाजबाट बिरामीको उद्धार

31

कर्णाली, १९ असोज । टोउकोमा गम्भीर चोट लागेर विगत ६ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसियूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

जुम्ला पातारासी गाउँपालिका–४ लुमगाउँका ३४ दीपबहादुर रावतलाई बिहीबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पुर्‍याइएको हो ।

यही असोज ११ गते लुमगाउँको पुलबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनास्थलबाट तत्काल प्रतिष्ठान जुम्लामा पुर्‍याइएको रावतको सिटीस्क्यान गर्नुपर्ने तर उक्त सेवा जुम्लामा नहुँदा नेपालगञ्ज लैजानुपरेको रावतका आफन्त हरिबहादुर बुढाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...