युवकलाई बन्धक बनाएको आरोपमा २ जना पक्राउ

31

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाइ राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भइ हाल काठमाडौँ महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भइ हाल काठमाडौँ सामाखुसी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार काभ्रेको तेमाल–७ स्थायी घर भइ हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौँ महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

आरोपितहरूविरूद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...