कतार एयरको जहाज ओभरसुट

26

काठमाडौँ, १७ असोज । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाइ अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ,” विमानस्थलका एक उच्च अधिकारीले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयअवधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । आज कतार एयरको जहाजले पनि आकाशमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो ।

सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...