काठमाडौँ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
मंगलबार दसैँसँग सम्बन्धित साइतहरू सार्वजनिक गर्दै समितिले यसबारे जानकारी गराएको हो । दसैँैको सुरूवात असोज २८ गतेदेखि हुने छ । घटस्थापनाको साइत असोज २८ गते बिहान ११ः२९ बजे रहेको समितिले जनाएको छ ।
यस्तै, कात्तिक ४ गते शनिबार फूलपाती छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ बजेर २४ मिनेटमा शुभ रहेको समितिले जनाएको छ ।
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।