दाङको लमहीमा बस दुर्घटना, १४ जना घाइते

29

दाङ, १५ असोज । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८४ नम्बरको बस सोमबार बिहान ५ बजे लमही नगरपालिका–४ वनगाउँमा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...