सप्तरीबाट १०० ‘वाकीटकी’ बरामद

20

सप्तरी, १४ असोज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वकीटकी) बरामद
गरेको छ ।

भारतबाट अवैध रूपले ल्याउँदै गरेको १०० वटा पोर्टेबल वाकीटकी सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनका लागि ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको प्रवक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...