दुबई पठाइदिन्छु भनी ३ लाख ठगी गर्ने पक्राउ

18

काठमाडौँ, १३ असोज । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ३ लाख रूपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि ३ लाख ५ हजार लाग्ने एवम् दुबई पुगेपछि बाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा ३ लाख रकम लिइ ठगी गरेको आरोपमा शुक्रबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...