समिर आचार्य र शान्ति श्रीको स्वरमा ‘माया हो’ गीत सार्वजनिक [भिडिओ]

29

काठमाडौँ, १२ असोज । गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीतको भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल विष्टको शब्द रहेको छ ।

सुरेन्द्र मल्ल ठकुरी (एसएम)को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडिओमा पुस्कर दाहाल र विमला खुजुम लिम्बू फिचर्ड छन् । पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ ।

नेपमेलोले निर्माण गरेको भिडिओ उत्कृष्ट बनेको छ । यस गीतले समाजको पूर्वी नेपालको लिम्बू संस्कृतिको वास्तविकता बोल्छ । फरक शैलीको नयाँ गीत दर्शक माझ दिन चाहने नेपमेलोले यस पटक पनि यो भिडिओमा एउटा फरक कथा बुनेको छ । कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ ।

समिर आचार्य पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । जसले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

पहिलेका गीतहरू झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेका आचार्यले यो भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...