दमकमा एकाबिहानै युवाबीच झडप, एक जनाको मृत्यु

23

झापा, १२ असोज । झापाको दमकमा शुक्रबार बिहान चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । इलाम चुलाचुली गाउँपालिका–३ घर भएका अन्दाजी ३० वर्षीय गोविन्द लिम्बूको हत्या भएको हो ।

दमक नगरपालिका–१ स्थित कुमाल चोकमा रहेको रूवल माछा फ्राइमा उक्त घटना भएको स्थानीयले बताएका छन् । राति अबेरसम्म मादक पदार्थ सेवन गरिरहेका सँगैका साथीहरूबीचको झगडा छुट्याउने क्रममा लिम्बूको घाटीमा चक्कु प्रहार भएको थियो ।

घटनामा संलग्न ६ जनालाई अनुसन्धानका लागि दमक प्रहरीले हिरासतमा लिएको छ भने थपको खोजी क्रम जारी रहेको दमक प्रहरी प्रमुख मनोजकुमार लामाले जानकारी दिए ।

मृतकको पोष्टमार्टम भइ सकेता पनि घटनाको सत्य तथ्य बाहिर नआएसम्म र अपराधीले सजाय नपाएसम्म अन्तिम संस्कार नगर्ने मृतकका परिवारको भनाइ छ ।

बिहीबार रातिदेखि मृतक लिम्बूलगायत लगभग १२ जनाको टोलीले मद्यपान गरेका थिए । झगडाको विषय भने अहिलेसम्म पत्ता लागेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...