सुन किन्ने बहानामा चोरी गर्ने ४ जना पक्राउ

37

काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार स्कुटर प्रयोग गरी सुन पसलको गरगहना किन्ने बहानामा चोरी गर्ने तारकेश्वर नगरपालिका–९ का ३३ वर्षीया रत्न महर्जन (चोरी गर्ने महिला), तारकेश्वर–४ का २२ वर्षीय सुमन पुतुवार (स्कुटर चालक), नुवाकोट बेलकोटगढी नगरपालिका–७ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र विक र भारत महाराष्ट्र प्रदेश सोलापुर जिल्लाका स्थायी घर भइ हाल काठमाडौँ–१६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्ते फाँडे पक्राउ गरेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...