हुण्डीमार्फत् कारोबार गर्ने दुई जना पक्राउ

25

काठमाडौँ, ११ असोज । हुण्डीमार्फत् कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला मधुवन थाना घर भइ हाल काठमाडौँ–१४ कुलेश्वर चुनी भैरव बस्ने २४ वर्षीय ओमप्रकार यादव र सोही जिल्ला कल्याणपुर थानाका ४४ वर्षीय राकेश राय रहेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशनविपरीत हुने गरी इजाजतपत्र नलिइ वित्तीय कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार काठमाडौँ–१४ कुलेश्वर चुनी भैरवबाट यादव र रायलाई विभिन्न दरको नेपाली नगद २ लाख १० हजार ४५९ रूपैयाँ, चेकबुक, मोबाइलहरूसहित पक्राउ गरेको हो ।

उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...