दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

36

काठमाडौँ, ९ असोज । दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहको विश्रामपुर नगरपालिका–२ स्थायी घर भइ हाल काठमाडौँको नागार्जुन नगरपालिका–६ बस्दै आएका मोहमद शेख इरफान सिद्धिकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नागार्जुनाको पानी ट्यांकीबाट आइतबार पक्राउ गरेको हो । उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु, त्यसका लागि २ लाख ५० हजार रूपैयाँ लाग्छ, त्यहाँ सेक्युरिटी गार्डमा काम गरेवापत मासिक ५० हजार रूपैयाँभन्दा धरै तलब हुन्छ भनी पीडितबाट पटक–पटक गरी १ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनले पीडितलाई ठगी गरेको भन्दै पक्राउ गरिदिन वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएअनुसार पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी निरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

थप अनुसन्धान तथता कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...