मेयर बालेनको प्रश्न : अभियन्ताको नेतासँग वार्ता गर्नुपर्ने हो ?

21

काठमाडौँ, ८ असोज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् ।

सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृमअघि उभिएर धर्ना दिइरहेका छन् । उनीहरूसँग आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बालेनको भनाइ छ ।

मेयर साहले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ? भन्दै प्रश्नसमेत गरेका छन् ।

“विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?”

सो धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंकासमेत उनले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...