उदयपुरमा डेंगु संक्रमणबाट एकको मृत्यु

16

गाईघाट, ८ असोज । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगुको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

गत सातादेखि डेंगु संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियूमा राखिएको थियो ।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगु संक्रमण देखा परेपछि हालसम्ममा तीनको डेंगु संक्रमणबाट मृत्यु भएको छ भने झन्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...