नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

28

काठमाडौँ, ८ असोज । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा नम्बर १० का जागा चौधरी रहेका छन् । उनलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड, नेपाली नागरिकता, नेपाली नागरिकता प्रयोग गरी लिएको सवारी चालक अनुमति पत्र फेला पारेको जनाएको छ । चौधरीको अहिले नेपालमा विभिन्न स्थानमा व्यापार व्यवसायसमेत रहेको छ ।

विसं २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रूपमा खटिएको मौकामा चौधरीले झुटा विवरण पेस गरी नागरिकता लिएको प्रहरीको आरोप छ । चौधरीविरूद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...