हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

20

भोजपुर, ८ असोज । कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्र बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विसं २०४६ कात्तिकमा स्थानीय बुद्धि कुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

फरार प्रतिवादी राईले स्थानीय बुद्धि कुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर बनाएका थिए । बुद्धि बहादुरको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...