अनलाइनमार्फत् ठगी धन्दामा संलग्न युवती पक्राउ

37

काठमाडौँ, ५ असोज । अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भइ काठमाडौँको टोखा नगरपालिका–६ बस्ने २७ वर्षीया दादिकी शेर्पा राई छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले फेसबुक, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरूको जिमेल आइडीमा ‘फिफिए एम’को यआरएल लिंक पठाउने गरेकी थिइन् । त्यसपछि उक्त एप इन्स्टल गर्न लगाउने र बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाउने गरेकी थिइन् ।

त्यसपछि उक्त एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम रहेको भनी विश्वास दिलाउने र अनलाइन जुवा (गेम्ब्लिङ) एप फिफिए एपबाट बेटिङ खेलाइ ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले विभिन्न देशहरूमा हुने फुटबल तथा क्रिकेटहरूको अनलाइन बेटिङ खेल्नका लागि रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेकी थिइन् ।

यसरी झुटा आश्वासन दिएर रकम जम्मा गर्न लगाएर उनले ११ लाख २७ हजार रूपैयाँ ठगी गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...