फिल्म ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

28

काठमाडौँ, २ असोज । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकमा पल शाह तथा शुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै, अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत् ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यु गर्दैछन् ।

सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको फिल्म ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुने छ । यही फिल्ममार्फत् अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहने छ । फिल्म असोज २ गतेदेखि फ्लोरमा जाने छ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...