धरानका उपमेयरका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार

25

धरान, २६ भदौ । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाको कान्छा भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको छ ।

मंगलबार सूर्यबस्तीका १५ देखि २० जनाको समूह आएका युवाहरूले धरान–१५ खोरिया बस्तीमा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका थिए ।

सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीय जानकारी दिए । उनलाई देब्रेपट्टिको गालामा खुकुरी प्रहार भएको स्थानीय बासिन्दाहरूले बताए ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए ।

घटना आज साँझ ५ बजेतिरको हो । घरमा एक हुल केटाहरूको समूहले घरमा ढुंगामुढा समेत गरेको बेघाकी आमा दिलकुमारी बेघाले जानकारी दिइन् ।

बेघाकी आमाका अनुसार घरमा कोही नभएको समयमा घरभित्रै पसी छोरामाथि खुकुरी प्रहार भएको हो ।

उपमेयर बेघाले प्रहरी सेवा चुस्तदुरूस्त हुन नसकेको गुनासो फेसबुकमार्फत् गरेका छन् । उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललाई फोन गर्दा पनि प्रहरी समयमा नआएको गुनासो गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...