सर्बियन जोकोभिचले जिते कीर्तिमानी २४औँ ग्रान्डस्लाम उपाधि

18

काठमाडौँ, २५ भदौ । नोभाक जोकोभिचले कीर्तिमानी २४औँ ग्रान्डस्लाम एकल उपाधि जितेका छन् ।

सोमबार बिहान युएस ओपनको फाइनलमा प्रतिद्वन्द्वी डानियल मेदभेदेभलाई पछि पार्दै जोकोभिचले कीर्तिमानी बराबरी गरेका हुन् ।

३६ वर्षीय सर्बियन जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । दोस्रो सेट ७–६ मा पुगेपछि उनले ७–५ ले जिते । त्यसैगरी तेस्रो सेट ६–३ ले जित्दै उपाधि आफ्नो पोल्टामा पारे । जोकोभिचले मार्गरेट कोर्टको ५० वर्षको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

एक घन्टा ४४ मिनेट चलेको खेलमा जोकोभिचले सोझो सेटमा खेले जिते । युएस ओपनमा उनको यो चौथो उपाधिसमेत हो । यो उपाधि मेदभेदेभले उनलाई सहजै जित्न भने दिएनन् । त्यसो त जोकोभिचले २४औँ उपाधि जित्न पनि लामै समय पर्खिन परेको थियो । तर, यो वर्ष उनले खेलेका ४ मध्ये तीन उपाधि जितेका छन् ।

चार पटकमा तीन उपाधि जित्ने उनी पहिलो व्यक्ति बनेका छन् । यसैवर्ष उनले पुरूषतर्फ राफेल नाडालले बनाएको २२ ग्रान्डस्लमको रेकर्ड पनि तोडेका थिए ।

अब जनवरीमा हुने अष्ट्रेलियन ओपनमा उनीसँग यो रेकर्ड तोड्ने मौका रहेको छ । उनले अष्ट्रेलियन ओपन १० पटक जितिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...