प्रहरीको हतियार लुटपाट गर्ने एक भारतीयसहित ६ जना पक्राउ

13

मोरङ, २५ भदौ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवम् सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरूमा सुनसरी जिल्ला दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मियाँ, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ४० वर्षीय मोहम्मद आलम, मोरङको बुढीगंगा गाउँपालिका–४ बस्ने ४० वर्षीय रिजवन मियाँ, सोही गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय नजरूल मियाँ र सोही वडा बस्ने २५ वर्षीय सिजाम आलम (सिजाम मोबाइल सेन्टरका सञ्चालक) रहेका छन् ।

निजहरूलाई मोरङको बुढीगंगा कोयलपुर क्षेत्रको नहरको सडकमा यही भदौ २२ गते रातिको ११ बजे शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

May be an image of 9 people, scooter, motorcycle and text

उनीहरूले लुकाइछिपाइ राखेको सामानहरूमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड तीन थान, धारिलो हतियार चक्कु दुई थान, पेचकस एक थान, एक लाख ७५ हजार २७५ र भारतीय रूपैयाँ ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि एक थान, झुम्का दुई जोर, चाँदीको जस्तो देखिने तीन लहरे सिक्री एक थान, पाउजु एक जोर, विभिन्न विदेशी रूपैयाँ र नेपाली र भारतीय नम्बरको मोटरसाइकल दुई थान रहेका छन् ।

May be an image of money, lighter and text

पक्राउ परेकाहरूले मोरङ र सुनसरीका एकान्त क्षेत्रमा रातिको ११ बजेदेखि बिहान ४ बजेसम्म दैनिक रूपमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले हालसम्म ११ स्थानमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकहरूमाथि डाँका, हातहतियार र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...