अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख ठगी गर्ने महिला पक्राउ

25

काठमाडौँ, २२ भदौ । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौँ महानगरपालिका–२६ सामाखुसीबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (सिआइबी)को टोलीले पक्राउ गरेको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु, त्यसका लागि २० लाख रूपैयाँ लाग्छ । अष्ट्रेलिया पुगेपछि होटलमा काम लगाइदिने र मासिक ३ लाखभन्दा धेरै तलब हुन्छ भनी पीडितलाई विश्वास दिलाई ९ लाख रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।

अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...