मेची नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

17

झापा, २२ भदौ । झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङ सो नदीमा हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...