हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

40

ओखलढुंगा, २१ साउन । ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलक बहादुर कटुवललाई पक्राउ गरेको हो ।

दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दुध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए ।

गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...