खाँदबारी, १६ भदौ । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोदारले बताए । कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झन्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन् ।
कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।
कुटपिटबाट गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । पच्चीस जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ३६ कैदीबन्दी छन् ।
सम्बन्धित समाचार
- कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान जारी
- कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो : छानबिन समिति
- कैदीबन्दी मृत्यु प्रकरण : कुटपिटपछि कारागारमै मृत्यु भएको मानव अधिकार आयोगको निष्कर्ष
- कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुख र असईविरूद्ध पक्राउ पुर्जी जारीपछि आफन्तले बुझे शव
- कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरी पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति
- कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, अझै आफन्तले शव बुझ्न मानेनन्
- ‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’
- कैदी मृत्यु प्रकरण : घटनामा संलग्न १० प्रहरीसहित १५ नियन्त्रणमा
- कैदी मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा
- कारागारभित्र कैदी मृत्यु प्रकरण : आफन्तद्वारा निष्पक्ष छानबिनको माग
- कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्
- सङ्खुवासभा कारागारमा २ जनाको मृत्यु प्रकरण : कुटपिटको आरोपमा ९ जना नियन्त्रणमा