सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

20

काठमाडौँ, १ भदौ । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई गएराति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवैजना काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते पनि ब्युरोको टोलीले ४ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...