सङ्खुवासभा कारागारमा २ जनाको मृत्यु प्रकरण : कुटपिटको आरोपमा ९ जना नियन्त्रणमा

471

खाँदबारी, २४ साउन । जिल्ला कारागार सङ्खुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन ।

जिल्ला कारागार सङ्खुवासभामा कैदीबन्दीहरूबीच कुटपिट हुँदा २ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १३६ कैदीबीच फेरि झडप भएको थियो । उक्त कारागार २५ जना क्षमताको हो ।

मृत्यु भएका नुवाकोट ककनी–७ का आकाश वलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । सङ्खुवासभा मादी नगरपालिका–५ का अर्का मृतक विनोद तोलांगी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

यसैबीच कारागारमा मृत्यु भएका कैदीबन्दीहरूको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि आग्रह गरेका छन् भने घटनाको छानबिन कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेका छन् ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरूलाई करागारमै राखिएको केहीबेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...