नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

34

गलकोट, २२ साउन । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरू विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकार तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए ।

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस÷तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईँमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...