‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक [भिडिओ]

41

काठमाडौँ, १६ साउन । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुने छ । प्रत्येक एपिसोड ४५ मिनेटको हुने छ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगञ्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यु गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिने छ । अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुने छ ।

यस सिरिजको ट्रेलर ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्व भरिबाट जुनसुकै डिभाइसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताइएको छ ।

सार्वजनिक सिरिज टिजर हेर्दा सिरिजको कास्टिङ र लाइन अप पनि नेपाली ओटिटीको लेभल र कन्टेन्टहरूको गुणस्तर राम्रै रहेको देख्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...