ज्येष्ठ नागरिकलाई घरमै पुगेर परिचय पत्र वितरण

288

प्युठान, १३ साउन । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ ले ज्येष्ठ नागरिक, अशक्त, अपांग व्यक्तिहरूको घर घरमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।

वडा अध्यक्ष कृष्णप्रसाद पोख्रेल, कम्प्युटर अपरेटरसहितको टोलीले स्थानीयको घरमै गएर ११ जना ज्येष्ठ ,अशक्त अपांग नागरिकलाई स्थानीय सरकार रहेको आभास गराउन घरमै पुगेर परिचय पत्र वितरण गरेको अध्यक्ष पोख्रेलले बताए ।

वडा कार्यालय कासिपोखराले असार २६ गतेदेखि साउन ११ सम्म परिचयपत्र दर्ता सञ्चालन गरेको थियो । सो समय वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिक,अशक्त अपांग ११ जना व्यक्तिलाई वडा अध्यक्ष र कम्प्युटर अपरेटर घरमै पुगेर राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा प्रविष्टि गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...