१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

18

काठमाडौँ, २ साउन । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एक जना विदेशी नागरिक पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौँदेखि दुबई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको १०० दरका १०० थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...