माल्टा पठाइ दिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने महिला पक्राउ

33

काठमाडौँ, २६ असार । नेपाल प्रहरीले माल्टा पठाइ दिन्छु भनी ५ लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक १ लाख तलब हुने कम्पनीमा जागिर लगाइ दिन्छु भनी ५ लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुस्मा तामाङलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले १ लाख तलब हुने माल्टाको कम्पनीमा जनका लागि ६ लाख लाग्छ भनी ५ लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...