जापान पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने पक्राउ

84

काठमाडौँ, ५ असार । जापान पठाइदिन्छु भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय सुनबहादुर तामाङ रहेका छन् ।

तामाङले हिरादेवी थापालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु, त्यहाँ मासिक १ लाख रूपैयाँभन्दा बढी तलब हुने कृषि क्षेत्रमा काम लगाइदिन्छु भन्दै १२ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

तामाङलाई वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको थियो । तामाङलाई पक्राउ गरी विभागको कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...