धनकुटाको ध्वजे डाँडामा २२ देशको झन्डा

56

धनकुटा, ५ असार । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रूम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ ।

झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत् आकर्षित गरेर पर्यटन प्रवर्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए ।

आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए ।

पर्यटन मन्त्रालयको ५ लाख, गाउँपालिकाको १ लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो ।

सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट २ हजार १०० मिटरको उचाइमा रहेको छ ।

पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृष्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमांकनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...