फ्रान्सले जित्यो नेसन्स लिगको उपाधि

96

काठमाडौँ, ४ असार । तेस्रो संस्करणको युइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । फाइनलमा स्पेनले क्रोएसियालाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेदरल्यान्ड्सको रट्रेडममा गएराति भएको खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । दुवै टिमबाट गोलको प्रयास असफल हुँदा खेल १२० मिनेटसम्म लम्बिएको थियो ।

सुस्त सुरूवात गरेको क्रोएसियाले अतिरिक्त समयमा स्पेनमाथि दबाब बनायो । तर, स्पेनको मजबुत डिफेन्सलाई तोड्न भने सकेन । स्पेनका लागि मार्को एसेन्सियो र गाभीले अवसरको सदुपयोग गर्न सकेनन् । पेनाल्टीमा पूर्वविश्वकप विजेता स्पेनले बाजी मार्‍यो ।

क्रोएसियाका ब्रुनो पेट्कोभिचको प्रहार स्पेनिस गोलकिपर उनाइ सिमोनले उत्कृष्ट बचाउ गरे । उनले लाभ्रो माहेरको पेनाल्टी पनि विफल पारिदिएका थिए ।

टाइब्रेकरमा स्पेनका जोसोलु, मिकेल मेरिन, रोड्री र मार्को एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेको प्रहार क्ररबारमा लाग्दै बाहिरियो ।

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । यसअघि उसले सन् २०१२ मा युरोकप जितेको थियो । यस्तै, स्पेनले विश्वकप, युरो कप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअछि फ्रान्सले यो सफलता प्राप्त गरेको थियो । सन् २०२१ मा स्पेन नेसन्स लिगको फाइनलमा फ्रान्ससँगै पराजित भएको थियो ।

क्रोएसिया भने फेरि एक पटक आफ्नो फुटबल इतिहासमै पहिलो मुख्य ठुलो प्रतियोगिताको च्याम्पियन बन्नबाट चुक्यो । कप्तान लुका मोड्रिचको टोली यसअघि सन् २०१८ को विश्वकपमा दोस्रो र सन् २०२२ मा तेस्रो भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...