कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

76

काठमाडौँ, ४ असार । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठुलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

उनले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...