पहिरोमा पुरिएकी बालिकाको जीवितै उद्धार

45

पाँचथर, ३ असार । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ ।

फालेलुङ–३ खोलाघारीमा मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान ७ बजे स्थानीयले जीवितै उद्धार गरेका हुन् ।

मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।

बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्धार गरिएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका–४ हेवा खोला र माँझीटार क्षेत्रमा ५ जना बेपत्ता छन् ।

Share This:
सम्बन्धित खबर
Loading...