नौ हजार रूपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

60

बाँके, २ साउन । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कडरिया ९ हजार घुससहित पक्राउ परेका छन् ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...