इमाडोलमा बीच सडकमै पल्टियो बस, १८ जना घाइते

105

काठमाडौँ, २ असार । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए । ६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बिएन्डबी अस्पताल पुर्‍याइएको जानकारी दिए ।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको पनि उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...