काठमाडौँ, ३२ जेठ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा.अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानीमन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।
डा.अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव थिए ।
बैठकले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।