यस्तो छ कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

37

विराटनगर, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभा बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

जसमा तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराइने, ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’लाई व्यवस्थित गर्दै लगिने उल्लेख छ । त्यस्तै, प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाका लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेँडाको ऊन, पशुहरूको छाला जस्ता स्थानीय कच्चा पदार्थमा आधारित संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने बताइएको छ ।

प्रशासनिक तथा विकास व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्न कोशी प्रदेश विकास समस्या समाधान संयन्त्र निर्माण गरिने, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य सेवाका राष्ट्रसेवकको अभिलेख राख्न प्रदेश किताबखानाको सुदृढीरण गर्ने, आधुनिक सूचना प्रविधिमा आधारित अभिलेख प्रणालीको विकास गरिने, मन्त्रिपरिषद्का निर्णयको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाइने र निर्णय कार्यान्वयनको अवस्था विश्लेषण गर्ने, मन्त्रिपरिषद्लाई सूचना प्रविधिमैत्री बनाउने वार्षिक नीति तथा कार्यक्रममा समेटिएको छ ।

विराट दरबार, बर्जुताल, मुन्धुम मार्ग, तिनजुरे–मिल्के–जलजले–ओलाङ्चुङगोलाजस्ता सम्भावनायुक्त पर्यटकीयस्थलको परिक्रमा मार्ग विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याइ प्रदेशको सामाजिक आर्थिक उपार्जनमा टेवार्‍याउने, नेपालको संविधानले आत्मसात् गरेको मान्यता र परिकल्पना, योजनाबद्ध विकास प्रक्रिया तय गरिएका राष्ट्रिय र प्रादेशिक लक्ष्य, नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धता, प्रदेशमा आम जनसमुदायबाट प्रकट भएका भावना एवम् राजनीतिक दलले उठाएका शान्ति, सुव्यवस्था र विकासका विषयवस्तुका अन्तरनिहित चाहनालाई यो नीति तथा कार्यक्रमले समेटेको छ ।

काेशी प्रदेशकाे नीति तथा कार्यक्रम
Share This:
सम्बन्धित खबर
Loading...