हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

36

नवलपरासी (बर्दघटा सुस्ता पश्चिम), ३१ जेठ । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पतीको हत्या भएको थियो ।

उक्त वडाको पथलही बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको थियो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेका अनुसार सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए ।

उनका अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ । अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि अनुसन्धानलाई अगाडि बढाएको डिएसपी पाण्डेले जानकारी दिए । उनका अनुसार प्रहरी अपराधीको नजिक पुगिसकेको छ ।

हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी पथलीहनीमा बस्दै आएका थिए । उनीहरूको सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाईभैँसीलाई रेखदेख गर्नका लागि पथलीहनीमा बस्दै आएका थिए । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...