प्रधानमन्त्री प्रचण्डविरूद्धको मुद्दामा कारण देखाउ आदेश

52

काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले सशस्त्र संघर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा.बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो ।

अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र संघर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।

त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...