काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सातामात्रै भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कौडीको मूल्यमा नेपालका नदी बेचेको आरोप लगाएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपालको भूमीबारे चुइक्क पनि बोल्न नसकेको बताए ।
“भारत भ्रमणमा के गरेर आउनुभयो त ? दुई वटा नदी तल्लो अरूण भनेर कौडीको मोलमा दिनुभएको छ । जमाइएको पानी हाम्रो हो,” उनले भने, “त्यसबाट निस्किएको पानी हाम्रो अधिकारको कुरा हो । त्यत्रो बाँध बाँधेर बनाएको आयोजनाबाट २१ प्रतिशत बिजुली लिएका छौँ, भने तल्लो सित्तैमा पाएको पानीमा पनि २१ प्रतिशत पाएका छौँ ।”
भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै उनले प्रश्न पनि गरे ।
“युक्रेनका वारले हामीकहाँ धुला उडायो कि के गर्यो ? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा आएको ? आफ्नो भूमिबारे चुइँक्क बोल्न नसकेको युक्रेनको वारे हो ?” उनले भने, “१५ वटा राँगा ल्याएँ भनेर त्यही पनि राँगा लिएर आउने भनेर निस्काए रे ! यो त केपी ओलीकै पालादेखि चलेको रहेछ रे ! उहाँहरूले कुनै कुरै चलाउन सक्नुहुन्न ।”